फेरि देश निकालामा परे इसाई धर्म प्रचार गर्ने २ जापानी

काठमाडौं । इसाई धर्म प्रचारमा संलग्न रहेका दुई जापानी नागरिकलाई देश निकाला गरेको छ । अहिलेसम्म धर्म प्रचारमा संलग्न ७ विदेशी नागरिकलाई निष्कासन गरिसकेको छ । 

गृह मन्त्रालयले इसाई धर्म प्रचारमा संलग्न रहेका मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको छ । 

कास्कीको पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षा शास्त्र संकाय अध्ययन गर्न उनीहरूले भिसा लिएका थिए । विद्यार्थी भिसा लिएर धर्मप्रचार गरेकाले चैत २७ गते नै सचिवस्तरी बैठकले देश निकाला गर्ने निर्णय गरेको थियो । कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पार्ने काम, व्यवहार गर्न वा गराउन नहुने संविधानमा उल्लेख छ ।

यसअघि पनि धर्म प्रचारमा संलग्न रहेको भन्दै एक फिलिपिनी दम्पती, दुई जापानी युवती र एक अस्ट्रेलियन युवतीलाई निष्कासन गरेको थियो । व्यावसायिक भिसा लिएर पुल्चोकमा रेस्टुराँ चलाउँदै आएका फिलिपिनी दम्पती पनि इसाई धर्म प्रचारमा संलग्न थिए । 

अर्की अस्ट्रेलियन युवती मित्रपार्कस्थित पशुपति क्याम्पसमा भर्ना भएकी थिइन् । तर उनी धर्म प्रचार गर्ने क्रममा बर्दियाबाट पक्राउ परिन् । अन्य दुई जापानी युवतीसमेत बुटवलबाट धर्म प्रचारकै क्रममा समातिएका थिए । पोखराको शिवशक्ति क्याम्पसमा भर्ना भए पनि मासाहिरो र युकारी रूपन्देहीको सैनामैना नगरपालिकास्थित सालझण्डीमा डेरामा बस्दै आएका थिए ।

बाइबललगायत सामग्री लिएर धर्म प्रचार गरेको पाइएपछि प्रहरीले उनीहरूलाई चैत २२ गते पक्राउ गरी अध्यागमन विभागमा ल्याइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...