नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिवको नाम

सोमबार मात्रै सबैको नाम सार्वजनिक गरिने

काठमाडौं । लामो समयपछि नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष र सचिवको टुंगो लगाएको हो । बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउनेसमेत निर्णय गरेको छ । 

बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए । बैठकले गरेका निर्णयहरु सोमबार सार्वजनिक गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बैठकअघि बसेको शीर्ष नेताहरुको छलफलमा सोमबार नै एकता टुङ्ग्याउने गरी आइतबार दिनभर गृहकार्य गर्ने र बेलुका सचिवालय बैठक बोलाएर एकता प्रस्तावलाई अनुमोदन गर्न सचिवालय बैठक बोलाउने सहमति भएको थियो । 

प्रतिकृया दिनुहोस