कर्मचारी अभावले विकास निर्माणका काम हुन सकेनन्ः मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण प्रदेश र स्थानीय सरकारले काम गर्न नसकेको बताएका छन् । प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति काठमाडौँद्वारा आज आयोजित ‘प्रशासकीय न्याय र सेवा प्रवाह’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, ‘कर्मचारीका अभावका कारण प्रदेश र स्थानीय सरकारको काम लथालिङ्ग भएको छ ।’ 

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारसँग बजेट तथा साधन स्रोत छ तर कर्मचारी अभावका कारण विकास निर्माणको काम हुन सकेको छैन भन्दै कर्मचारी सरुवा भएर आउँछन्, जान्छन् तर प्रदेश सरकारलाई कुनै जानकारी नहुने उनले गुनासो गरे ।‘दर्जनौँ स्थानीय तह कर्मचारीविहीन भएको छ’, उनले भने, ‘अहिलेको परिवर्तनशील समाजमा कर्मचारीको दायित्व र जवाफदेहिता अझ बढेको छ ।’ 

प्रशासनविद् एवं प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले प्रशासनिक सङ्गठन र संरचना, त्यसको काम कर्तव्य र अधिकार तथा कर्मचारी र जनशक्तिको व्यवस्थापन र संयोजन नभएसम्म प्रशासनमा सुधार नहुने बताउँदै दिगो शान्ति र विकासका लागि सुशासन अत्यन्त आवश्यक भएको धारणा व्यक्त गरे ।

प्रदेश नं। ३ का मुख्यसचिव आन्दराज ढकालले प्रशासनिक सङ्क्रमण हटाउन नसकेका कारण सुशासनमा समस्या आएको र आर्थिक समृद्धि हुन नसकेको विचार व्यक्त गरे ।उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश टेकराज नेपालको अध्यक्षतामा भएको सो कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र प्रशासकीय अदालतका रजिष्ट्रार अच्युत कुइँकेलले प्रशासनिक क्षेत्रको समस्या, चुनौती र यसको निराकरणका लागि गर्नुपर्ने कार्यको विविध पक्षमाथि प्रकाश पारे ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...