व्यापारीको अपहरणकारी पुजा श्रेष्ठ, जसले रगत दिएर बचाइन् रोल्पाकी सुत्केरीलाई

सल्यान । दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण तथा हत्यामा संलग्न आरोपमा पूजा घर्ती जिल्ला कारागारमा १८ महिनादेखि बन्दी जीवन बिताइरहेकी छन् । तर, उनै घर्तीले रगतको अभावमा जिल्ला अस्पताल सल्यानमा छट्पटाइरहेकी रोल्पाकी सुत्केरीलाई रगत दिएर बचाएकी छन् ।

घर्तीलाई प्रहरीले ०७४ असारमा श्रेष्ठलाई अपहरण गरेको आरोप लागेकी भारतबाट पक्राउ गरिएको थियो । तुलसीपुरका प्रतिष्ठित व्यापारी श्रेष्ठको ०७४ जेठ २६ गते तुलसीपुरबाटै पूजाको योजनामा अपहरण गरिएको प्रहरीले जनाएको थियो ।

रोल्पाको गंगादेव गाउँपालिका–७, उपल्लोजायाकी २१ वर्षीया मनिषा केसी वलीलाई शुक्रबार बिहान ८ बजे सुत्केरी बेथा लागेको थियो । तर, बेलुकी ७ बजेसम्म पनि बच्चा नजन्मिएपछि परिवारले रोल्पाको राक स्वास्थ्यचौकी लगेको थियो । सो स्वास्थ्य चौकीमा सुत्केरी गराउन सम्भव नभएपछि शनिबार बिहान ७ बजे जिल्ला अस्पताल सल्यान लगिएको श्रीमान चोपीलाल वलीले बताए ।

‘अस्पतालमा ल्याउँदा उहाँ अर्धचेत अवस्थामा हुनुहुन्थ्यो, पेटको बच्चा मरिसकेको थियो’, अस्पतालका डा. प्रदिप शर्माले भने, ‘साल पाठेघरको मुखमा आएर बसेको थियो । गर्भावस्थाका बेलामा जाँच नगरेको, एक्सरे नगरेको तथा रगतको समूह थाहा नभएका कारण उपचारमा समस्या भयो ।’

तेस्रो पटक सुत्केरी वलीको अवस्था अहिले भने सामान्य छ । पेटको बच्चा पहिले नै मरिसकेकाले शल्यक्रिया गरेर वलीको ज्यान बचाउन सफल भएको डा. शर्माले बताए । मनिषाको झण्डै १८ घण्टापछि शल्यक्रिया गरेर बच्चा निकालिएको हो ।

पूजाका साथै सशस्त्र प्रहरीका गोपाल बस्नेत, अस्पतालका अंकित चन्द, स्टोरकीपर मनोज सिंहले समेत रक्तदान गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...