दिउँसै हतियार देखाएर लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौं । काठमाडौँमा दिउँसो हतियार देखाएर लुटपाट गर्ने तिन जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाले हतियार देखाएर लुटपाट गर्ने चन्द्रगिरी नगरपालिका–८ का ३८ वर्षीय नवराज तामाङ, सोही ठाउँका ३६ वर्षीय विक्रम श्रेष्ठ, नुवाकोट बेलकोटगढी–५ कथुरानीका २८ वर्षीय दिपेश भन्‍ने सन्तबहादुर तामाङलाई पक्राउ गरेको हो ।

लुटपाटमा संल्ग्न तीन जना भने अझै फरार छन् । चैत २६ गते दिउँसो ११ः३० बजे काठमाडौं महानगरपालिका–२९ रानीबारीमा लालेन्द्र शेरचन, उनकी श्रीमती मानुदेवी शेरचन र घरको रेखदेख गर्ने मिठु थकालीलाई धारिलो हतियार देखाएर मुखमा टेप लगाइ हातखुट्टा बाँधेर दराज फोडेर पाँच लाख साठी हजार बराबरको धनमाल लुटेको भन्दै दिएको उजुरीहरुको आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

उनीहरुको साथबाट लुटपाटमा प्रयोग गरिएका ट्याक्सी र स्पोर्टेज जिप र लुटिएको सुनका गहनासमेत प्रहरीले बरामद गरेको छ । 


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...