रक्सी बेच्न छोड्नेलाई नगरपालिकाले १ लाख दिने

रुकुमपश्चिम । जाँडरक्सी बेच्न छोड्नेलाई नगरपालिकाले एक लाख दिने भएको छ । रुकुमपश्मिको आठबीसकोट नगरपालिकाले जाँडरक्सीमुक्त नगरपालिका अभियान अन्तर्गत जाँडरक्सीको व्यवसाय छोडेर अन्य व्यवसाय गर्ने व्यवसायीलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएको हो । 

लाइसेन्स लिएर जाँडरक्सी व्यवसाय गरिरहेका व्यवसायीले सो व्यवसाय छाडेर अन्य व्यवसाय गर्न खोजे १ लाख रुपैयाँसम्म सहयोग गर्ने नगरप्रमुख गोर्खबहादुर केसीले बताए । नगरप्रमुख केसीले भने नयाँ व्यबसायका लागि नगरपालिका १ लाख सम्मको सहयोग गर्न तयार छ ।’

समृद्ध नगर निर्माणका लागि जाँडरक्सीले बाधा गरिरहेको नगरको बुझाइ रहेको छ जाँडरक्सीको व्यवसाय छोडेर अन्य व्यवसाय तिर आकर्षण गर्न यस्तो सहयोग गर्न खोजेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको यस्तो निर्णयपछि केहि व्यवसायीहरु व्यवसाय परिवर्तन गर्न इच्छुक रहेको नगरप्रमुख केसीले जनाए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...