पार्टी बचाउन सामूहिक प्रयास आवश्यकः नेत्री कोइराला

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न सकेको छैन् ।”

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेतृ कोइरालाले काङ्ग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो । एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउनु हुँदैन, उहाँले भन्नुभयो, “पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्छ ।” देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको सङ्गठन विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...