१६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गर्ने ६ जना पक्राउ

धनगढी । कैलालीको घोडाघोडीमा एककिशोरीमाथि सामुहिक बलात्कार भएको छ । घोडाघोडी नगरपालिका–४ की १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा ६ जनाला पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ का केशव भनेर चिनिने राकेश गिरी,रुपेश चौधरी,लक्ष्मण रावल,हिमराज क्षेत्री,नरेन्द्र बिक र नवीन शाही रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

घटना वैशाख १ गते बिहान भएको भएपनि शनिबारमात्रै जाहेरी परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । प्रहरी समक्ष मुद्दा परे लगतै घटनामा संग्लग्न छ जनालाई नियन्त्रणमा लिई सोधपुछ थालेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । 

किशोरी आफन्तको विवाहमा जाने क्रममा घोडाघोडीको जङ्गलमा राकेश गिरीको समूहले किशोरीलाई इन्जेक्सन लगाई सामूहिक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक जोशीले बताए ।

घटना लगतै पीडित किशोरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछी नेपालगन्ज रेफर गरिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमाडौमा उपचार भइरहेको जोशीले जानकारी दिए । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...