राजपाको पदाधिकारी बैठक आज बस्ने, यस्ता छन् छलफलका विषय

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) को पदाधिकारी बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक आह्वान गरिएको नेता मनिस सुमनले जानकारी दिए ।

पदाधिकारी बैठकमा पार्टीको महाधिवेशन, अगामी आन्दोलनका कार्यक्रम, वर्तमान राजनीति, पार्टी एकीकरण लगायतका विषयमा छलफल गर्ने सुमनले बताए । बैठकले मूख्य तथा आगामी पार्टीको रणनिति तय गर्ने छ ।

प्रतिकृया दिनुहोस