बालिकालाई जबरजस्ती गर्न खोज्ने वडा सचिव पक्राउ

धनगढी ।  बालिकालाई जबरजस्ती गर्न खोज्ने एक वडा सचिव पक्राउ परेका छन । शक्रबार राती कैलालीको घोडाघोडी नगरपालिका– ४ का सचिव यज्ञ आचार्यलाई प्रहरीले पक्राउ परेका हो । राति बालिकाको घरमा गएर सचिव आचार्यले आमासँग झगडा गरेर १२ वर्षीय (नाम परिवर्तन )उषा चौधरीलाई जबरजस्ती गर्न खोजेपछि स्थानीयले राति नै समातेर प्रहरीलाई बुझाएका हुन् ।

बालिकाका काकाको निवेदनको आधारमा वडा सचिव आचार्यलाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिए । बालिकाले आफूमाथि गालीगलौज गर्नुका साथै हातपात गर्न खोजेको गुनासो गरेकी छन् । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...