जुवाको खालबाट १५ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँ र बुटवलबाट जुवातास खेलिरहेका १५ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने मिन कुमारी शिवाकोटीको घरबाट सोहि स्थान बस्ने २५ वर्षीय उमेश सेवासहित ११ जनालाई नगद ३ लाख ६२ हजार रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बस्ने कमल थापाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(१३ बस्ने ५२ वर्षीय कृष्ण घिमिरेसहित ४ जनालाई नगद २१ हजार रुपैयाँ र ३ बुक तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...