नेपाल अर्बुद रोग निवारण सस्थाद्धारा व्हिल चेयर बितरण

काठमाडौँ । नेपाल अर्बुद रोग निवारण संस्थाले सिन्धुलीमा व्हिल चेयर वितरण गरेको छ ।

सो संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्रक्मार श्रेष्ठको प्रमुख आतिथ्यमा सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका वडा नं. २ नेपालथोक निवासी ७६ वर्षीया पबित्रामाया श्रेष्ठलाई व्हिल चेयर हस्तान्तरण गरेको हो । संस्थाका केन्द्रिय अध्यक्ष श्रेष्ठले पबित्रामायाको सुस्वास्थ र सरल जीवनयापनको लागि शुभकामनासमेत ब्यक्त गरे ।

उक्त व्हिल चेयर लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्टिक ३२५ ए–२ नेपालका पुर्ब डिस्टिक गवर्नर के पि अवालले उपलब्ध गराएका थिए । सो कार्यक्रमको सभापतित्व लायन्स क्लब अन्तरास्ट्रिय डिस्टिक ३२५ ए–२ का चिफ काउन्सिलर बिमल कुमार होडाले गरेका थिए ।

नेपाल अर्बुद रोग निवारण संस्थाले बिभिन्न जिल्लाका बिपन्न नागरिक र जेष्ट नागरिक हरूलाई व्हिल चेयर हेल्थ क्याम्प स्वास्थ सेवा उपलब्ध गराउने कार्यक्रम अन्र्तगत हाललाई प्रदेश नं.१ र २ मा सञ्चालन गरिने जनाएको छ ।  


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...