प्रधानमन्त्री ओली आज काठमाडौं बाहिरका बिभिन्न कार्यक्रममा सहभागी हुने

बुटवल र पूर्वी नवलपरासी जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज काठमाण्डौ बाहिर जाने भएका छन् । प्रधानमन्त्री ओली आज बुटवल र पूर्वी नवलपरासी कावासोती जाँदै छन् । 

प्रधानमन्त्री ओली त्यहाँ आयोजना हुने तीनवटा कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिका–१ मा रहेको ऐतिहासिक जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम छ। 

तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको सालिक नौ फिट उचाइको छ। सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्ने कार्यक्रम रहेको जनाइएको छ। १८७२ सालमा नेपाल र अंग्रेजबीच युद्धमा कर्णेल थापाको नेतृत्वको नेपाली फौजले यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो। 

नेपाली फौजसँग हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकाले कर्णेल थापाको सालिक दक्षिणतर्फ फर्काएर निर्माण गरिएको छ।  सालिक अनावरणपछि आयोजित आमसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रम बुटवल उपमहानगरपालिकाले आयोजना गरेको हो।

यसैगरी प्रधानमन्त्री ओलीले दिउँसो १ बजे  कावासोतीमा जिल्ला समन्वय समिति बर्दघाट सुस्तापूर्व नवलपरासीले आयोजना गरेको जिल्लाको सदरमुकाममा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

यस्तै, पौने ३  बजे नवलपरासीमा रहेको चौधरी उद्योग ग्रामभित्र रहेको शास्वतधामको अवलोकन गरेर काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...