प्रधानमन्त्री ओलीले दुई पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्ने भएका छन् । दुई पक्षीय भ्रमणका लागि ती दुबै देशबाट निम्तो आएको र प्रधानमन्त्रीको भ्रमणको तयारी तीव्र पारिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । 


भियतनामले वैशाख पूर्णिमा समारोहमा प्रधानमन्त्री ओलीलाई मुख्यवक्ताको रूपमा आमन्त्रण गरेको हो । यसपालि जेठ ४ गते बुद्धजयन्ती छ । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र भियतनामबीच दुई पक्षीय हवाइ सम्झौता परिमार्जन  गर्ने तयारी भइरहेको छ । भियतनामपछि प्रधानमन्त्री ओलीले कम्बोडियाको पनि औपचारिक भ्रमण गर्ने कार्यक्रम छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...