रत्नपार्कबाट राप्रपा अध्यक्ष थापासहित दर्जन बढी नेता कार्यकर्ता पक्राउ

Kamal thapa

काठमाडौँ । काठमाडौँको रत्नपार्कबाट प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित एक दर्जनभन्दा बढि नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।

रत्नपार्क अगाडिको शान्तिबाटिकामा राप्रपाले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले थापासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा थापासहित बरिष्ठ नेता बुद्धिमान तामाङ, दिपक बोहोरा लगायत छन् ।

काठमाडौँको रतनपार्कस्थित शान्तिबाटिकामा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताले धर्म निरपेक्षताको ब्यानर जलाउन खोज्दा  प्रहरीले हस्तक्षेप गरेको हो । कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरु सहभागी थिए ।

राजतन्त्रको पुनर्बहाली र धर्म निरपेक्षताको खारेजी लगायत २२ बुँदे माग राख्दै राप्रपाले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएसँगै राप्रपा लगातार संघर्षमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...