८ महिनामा चक्रपथभित्र १५ सय सवारी दुर्घटना,२९ जनाको मृत्यु

काठमाडौँ । आठ महिनामा चक्रपथभित्रमा १५ सय सवारी दुर्घटना भएका छन् । ती सवारी दुर्घटनामा परी २९ जनाले ज्यान गुमाएका छन्् ।  गत वर्षको साउन १ गतेदेखि फागुन मसान्तसम्म चक्रपथमा १ हजार ४ सय ३८ दुर्घटना भएका थिए । तीब्र गति, अव्यवस्थित सडक दुर्घटनाका मुख्य कारणहरु भएको ट्राफिक महाशाखाले जनाएको छ । धेरैजसो सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएका छन् ।

ट्राफिक महाशाखाका अनुसार गत साउनमा ४, भदौमा ४, असोजमा २, कात्तिकमा ४, मंसिरमा ४, पुस ६, माघमा ३ र फागुनमा २ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । यसैगरी, दुर्घटनामा परी ५३ जना गम्भीर घाइते र ९६० जना सामान्य घाइते भएको ट्राफिक महाशाखाले जनाएको छ । सबैभन्दा धेरै सातदोबाटो र स्वयम्भूमा दुर्घटना हुँदा ५÷५ जनाको मृत्यु भएको थियो । कोटेश्वरमा ४, सानेपामा ३, एयरपोर्ट २, नयाँ वषपार्क ३, गौशालामा २, महाराजगञ्ज १, जावलाखेल २, बल्खु १, सुकेधारा १ गरी २९ जनाको मृत्यु भएको थियो ।

चीन सरकारले बनाएको कोटेश्वर–कलंकी सडक विस्तारमा मात्र १२ जनाको मृत्यु भएको छ । चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलो मिटर ४ सय मिटर सडक विस्तार गरेको थियो ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...