समयमा पानी परेपछि यसवर्ष गुहुँको उत्पादनमा वृिद्ध

पर्सा । समयमा आकासे पानी परेपछि पर्सामा यसवर्ष गुहुँको उत्पादनमा उलेख्य वृद्धि भएको छ । बाली लाग्ने बेला पर्याप्त वर्षा भएको कारण गहँ उत्पादन राम्रो भएको किसानले बताएका छन् । गतवर्ष पर्सामा २२ हजार हेक्टर जग्गाबाट ७० हजार ४०० मैट्रिक टन गहुँ उत्पादन भएको तुलनामा यसवर्ष २६ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ९३ हजार ७०० मेट्रिक टन २३ हजार ३०० मेट्रिक टन भन्दा बढी गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । 

गतवर्ष प्रतिहेक्टर ३।२ मेट्रिक टनको दरले उत्पादन भएको तुलनामा यसवर्ष प्रति हेक्टर ३।६ मेट्रिक टन उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र पर्साका प्राविधिक सहायक श्यामकिशोर कुर्मीले जानकारी दिनुभयो । उहाँले यसवर्ष मौसमले साथ दिएको र ज्ञान केन्द्रले वितरण गरेको उन्नत जातको बीउ किसानले लगाएका कारण उत्पादन वृद्धि भएको बताउनुभयो । गतवर्ष पर्सामा रु एक अर्ब ८३ करोड चार लाखको गहँ उत्पादन भएको तुलनामा यसवर्ष दुई अर्ब ५२ करोड ७२ लाखको गहुँ उत्पादन हुने कुर्मीको भनाइ छ । 

पर्सामा रहेको कूल ५० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार १०० हेक्टर जग्गामात्र सिञ्चित क्षेत्र रहेको छ । जिल्लाको सिञ्चित क्षेत्रलाई वृद्धि गर्न प्रदेश नं २ को सरकारले किसानलाई ८५ प्रतिशत अनुदानमा १५० थान विद्युतीय मोटर वितरण गर्न रु ४५ लाख विनियोजन गरेको छ । कृषि ज्ञान केन्द्रले जनाइको छ । विनियोजित बजेटबाट जडान भए पनि कृषि कार्यमा लागत घट्नुको साथै ४०० हेक्टरभन्दा बढी जग्गालाई सिँचाइ सुविधा गर्न सकिने प्रसा कुर्मीले जानकारी दिनुभयो । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...