पार्टी एकताको विषयमा प्रधानमन्त्री ओलीले आज बरिष्ठ नेता नेपालसंग छलफल गर्दै

एकतालाई औपचारिकता दिन केहि मापदण्ड अपनाउनुपर्ने अडान

काठमाडौं । पार्टी एकतालाई अन्तिम रुप दिन छलफलमा व्यस्त प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बरिष्ठ नेता माधव कुमार नेपालसंग छलफल गर्ने भएका छन् ।


पछिल्लो समय पटक–पटक छलफलमा केन्द्रित अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टी एकतालाई अन्तिम रुप दिन नेता नेपाललाई मिलाएर लैजानुको विकल्प नभएको ठहर गर्दै छलफललाई निरन्तरता दिएको स्रोतले जनाएको छ । 


पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपालले एकतालाई औपचारिकता दिन केहि मापदण्ड अपनाउनुपर्ने अडान लिएका छन् । प्रधानमन्त्री ओलीले दुई दिन आज र भोली वरिष्ठ नेता नेपालसँग थप छलफल गरेर मापदण्डबारे अन्तिम निष्कर्षमा पुग्ने बालुवाटार स्रोतले जनाएको छ । छलफलको समय भने तय भएको छैन । 


दुई अध्यक्षबीच करिब गएराति भएको छलफलमा बैशाख ९ गतेभित्रै एकतासँग जोडिएका सबै काम टुंगो लगाउने सहमति बनेको छ । अध्यक्ष दाहालले नेता नेपालको सहमतिविना एकता निष्कर्षमा नपुग्ने भन्दै सहमति गर्न अर्का अध्यक्ष ओलीलाई जिम्मेवारी दिनुभएको स्रोतले जनाएको छ । 


वरिष्ठ नेता नेपालले जिल्ला नेतृत्वमा साबिक कमिटीमा रहेका वरिष्ठमध्येलाई चयन गर्नुपर्ने मापदण्ड अघि सारेका छन् । नेकपा भित्र पार्टी एकतालाई लिएर लामो समय किचलो जारी छ ।
 

प्रतिकृया दिनुहोस