सर्वोच्चका लागि प्रस्तावित पाँच न्यायाधीश संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदित

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित पाँचजना न्यायाधीशहरु संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदित भएका छन् । बिहीबार दिउँसो सुनुवाइ समितिले सिफारिसमा परेका पाँचै जना न्‍यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।

संसदीय सुनुवाइ विशेष समितिले न्याय परिषदबाट सिफारिस भएका पाँचै न्यायाधीशमध्‍ये प्रकाश ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोजराज शर्माको अनुमोदन गरेको हो ।

सुनुवाइ समितिमा पाँचवटा उजुरी परेको थियो,जसमा उजुरीकर्ता वरिष्ठ अधिवक्ता शम्भु थापासहितले उजुरी गरेका थिए । त्‍यसअघि समितिले उजुरीकर्ताहरुलाई बिहान ११ बजे बोलाएर छलफल गरेको थियो ।

प्रतिकृया दिनुहोस