अन्तरजातीय विवाह गर्ने जोडी छरछिमेकको सामाजिक कार्यबाट बञ्चित

दमौली । शुक्लागण्डकी ८ ढोरफिर्दीकी हुमाकुमारी भुजेलका कारण उनको माइती पक्षलाई सामाजिक बहिष्कार गरिएको छ । छोरीले दलित युवकसँग बिहे गरेको भन्दै समाजबाटै विभेद गरेको हो ।

उनकी छोरी सुस्मिताले तीन वर्षपहिले अन्तर जातीय विवाह बिहे गरेकी थिइन् ।  विवाहपछि माइती आउन थालेकी सुस्मिताका कारण भुजेल परिवारलाई  समाजले सामाजिक कार्यमा बहिष्कार गर्न थालिएको छ ।

दलित समुदायका युवकसँग बिहे गरेकी छोरीलाई माइत ल्याएको भन्दै आफू र परिवारलाई छरछिमेकको बिहेलगायत सामाजिक कार्यमा सहभागी हुन बन्देज गरिएको उनले बताइन् । ‘टोल छिमेकबाटै विभेद भइरहेको छ’, उनले भनिन्, ‘विभेद गर्नेमाथि कारबाही होस् । ’ आफूमाथि अन्याय भएको भन्दै उनले शुक्लागण्डकी नगरपालिकास्थित न्यायिक समितिमा उजुरी दिएकी छन् । टोलको एक विवाह भोजमा सहयोग गर्न पुगेकी उनले निमन्त्रणा भएको स्थानमा समेत सहभागी हुन नदिइ विभेद गरेको  उनले बताइन् ।

उजुरी दिएको लामो समयसम्म पनि छलफल नभएको भन्दै भुजेलले न्यायिक समितिले समेत विभिन्न बहानामा न्याय दिन नखोजेको गुनासो गरेकी छन् । समितिमा उजुरी दिएपछि गाउँ छाड्नुपर्ने धम्की आएको पनि उनले जानकारी दिइन् । न्यायिक समितिकी संयोजक सविता रसाइलीले उजुरीमाथि तत्काल छलफल गर्ने प्रतिबद्धता जनाएकी छन् ।

शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले पीडकमाथि कारबाही हुनुपर्ने भन्दै पीडितले न्याय महसुस गर्ने गरी छानबिन हुनुपर्ने बताए । छुवाछुतजस्ता घटना गाउँघरमै मिलाउने गरिएकाले अदालतसम्म नआउने जानकार बताउँछन् । चालु वर्षमा एउटा मात्र छुवाछुतसम्बन्धी मुद्दा दर्ता भएको तनहुँ जिल्ला अदालतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...