मोरङको फेसबुक चोकनजिकैएक घरमा आगलागी हुँदा १५ लाखको क्षति

मोरङ। मोरङको कानेपोखरी गाउँपालिका-६, फेसबुक चोक बस्ने बीरबहादुर भट्टराईको घरमा आगलागी हुँदा करिब १५ लाख २० हजार मूल्य बराबरको क्षति भएको छ।

भट्टराईको घरमा साँझ पौने ६ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो भएको दुई तले घर, घर भित्र रहेका लत्ता कपडा, भाँडावर्तन, काठपात, अन्नपातलगायत सम्पूर्ण सर-सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

आगलागी भएको जानकारी पाउनासाथ तत्काल पथरीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो साँझ सवा ६ बजे नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...