बिहीबार बिहानै गाउँपालिका कार्यालयमा बम विष्फोट

ठाउँठाउँमा बम विस्फोट हुँदा स्थानीय त्रसित

पाल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आव्हान गरेकी दिन पाल्पामा गाउँपालिकाको कार्यालयमा बम विष्फोट भएको छ । बम विस्फोटपछि स्थानीय त्रसित बनेका छन् । 

रिब्दीकोट गाँउपालिकाको भवनमा बिहीबार बिहान करिब २ बजेतिर बम विस्फोट भएको छ । विस्फोटबाट कार्यालयको झ्यालढोका, छानो, कम्प्युटर, फोटोकपी मेशिन लगायतका सामग्रीमा क्षति पुगेको छ । 

कार्यालयमा टायर बम विस्फोट भएको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बिहीबार विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेकाले त्यही समूहले बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

कैलालीको लम्की चुहा नगरपालिका वडा न १ स्थित लम्की बसपार्कमा शंकास्पद वस्तु फेला परेको छ । बसपार्कमा रहेको कर्णाली यातायातको टिकट बुकिङ काउन्टरभित्र शंकास्पद वस्तु फेला परेको हो । 

रातो कपडाले बेरेको शंकास्पद वस्तु फेला परेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । प्रहरीको टोली घटना स्थलमा पुगेको छ। शंस्कापद वस्तु निष्कृय पार्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नं। वडा कार्यालय अगाडि कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।कार्यालयको गेट अगाडि कालो प्लाष्टिकमा राखिएको कुकरमा बम लेखिएको छ ।

शंकास्पद वस्तु भेटिएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुश्वाहाले जानकारी दिए । मकवानपुरका थाहा नगर र भिमफेदी गाउँपालिकामा दुई सवारी साधनमा आगजनी समेत भएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...