नेकपाका महासचिवले चिनिया कम्युनिस्ट पार्टीका नेतासँग यसरी गरे गोप्य भेट, थप के–के भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बेइजिङमा विभिन्न राजनीतिक भेटघाट गरेका छन् ।

सोमबार चीनको सिआनस्थित सिआन विश्वविद्यालयमा स्थापित ‘सिआन दक्षिण एसियाली अध्ययन केन्द्र’ को उद्घाटन गरेर बेइजिङ पुगेका पौडेलले १२औं सीपीपीसीसीका सदस्य एवं चाइना एसोसियसन फर इन्टरनेश्नल अण्डरस्टाण्डिङका उपाध्यक्ष आई फिङसँग भेटवार्ता गरेका छन् ।

नेता पौडेलले दुई देश, दुई देशका जनता र दुवै देशका कम्युनिष्ट पार्टीबीचको हार्दिक सम्बन्ध तथा नेपालको आर्थिक विकासमा चिनियाँ सहयोग लगायतका विषयमा कुराकानी भएको बताए । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका पूर्व उपमन्त्री समेत रहेका आई फिङसँगको भेटबारे नेता पौडेलले भने, ‘आई फिङ पुरानो कम्युनिष्ट नेता हुनुभएकाले पार्टी–पार्टी सम्बन्ध, नेपालमा चिनियाँ सहयोगका बारेमा केन्द्रित भएर कुराकानी भयो ।’

भेटका अवसरमा दुई नेताबीच राजनीतिक भ्रमण तथा राजनीतिक महत्वका विषयमा कुराकानी भएको महासचिव पौडेलले बताए । यस वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारेको कुरामा उनले केही बताएनन् । उनले भने, ‘तपाइँलाई ठ्याक्कै भन्न त मिलेन तर उच्च राजनीतिक भ्रमणका बारेमा कुराकानी भयो ।’

आफ्नो छोटो चीन भ्रमण एकले अर्कालाई बुझ्ने तथा पारस्परिक सम्बन्ध सघन बनाउन उपलब्धीमूलक भएको ठान्दै महासचिव पौडेलले नेपालको विकास प्रक्रियामा चिनियाँ चासोको प्रशंसा गरे ।

सिआन विश्वविद्यालयका नेपाली प्राध्यापक डा. राजीवकुमार झाका अनुसार मंगलबार र बुधबार राजनीतिक भेटघाटका साथै थ्यानचिनस्थित बन्दरगाह निरीक्षण लगायतका कार्यक्रम समयाभावका कारण पौडेलले छोट्याए । महासचिव पौडेलले दिएको जानकारी अनुसार ९ गतेभित्र पार्टी एकीकरणको काम सक्ने योजना भएकाले बिहीबार नै काठमाडौ फर्किने कार्यक्रम तय भएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...