बष्ठि पत्रकार श्रेष्ठको निधन, महासंघद्धारा दुःख व्यक्त

काठमाडौं । बरिष्ठ पत्रकार पुष्कारलाल श्रेष्ठको निधन भएको छ । कामना न्युज पब्लिकेसनका अध्यक्ष तथा नेपाल समाचार पत्र दैनिकका प्रधान सम्पादक श्रेष्ठको बुधबार बिहान ११.४९ बजे निधन भएको हो ।

‘करिब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । पछिल्लो समय स्वास्थ समस्या बढ्दै गएपछि नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा श्रेष्ठको निधन भएको जनाइएको छ ।

स्वास्थ स्थितिमा समस्या बढ्दै गएका कारण उनलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । नर्भिक अस्पतालमा केही दिनको उपचारका क्रममा चिकित्सकहरुले उनलाई जिबिएस भाइरसको संक्रमण भएको आशंका गर्दै थप उपचारका लागि नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो ।

मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उनलाई भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याइएको थियो। काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेपारीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेपारीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।

रंगपत्रकारिताबाट पत्रकारितामा प्रवेश गरेका  श्रेष्ठले पत्रकारिता तथा लेखनमा लामो समय विताएका थिए । थुप्रै पुस्तक लेखेका उनले प्रवल गोरखा दक्षिण बाहु, त्रिशक्तिपट्ट लगायत डेढ दर्जनभन्दा बढी पदक तथा विभूषण प्राप्त गरेका छन् ।   श्रेष्ठका एक श्रीमती र ३ छोरा  छन् ।

यसैबीच श्रेष्ठको निधन प्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । महासंघका महासचिव रमेश बिष्ठले शोक बक्तव्य जारी विज्ञप्तीमा नेपाल पत्रकार महासंघका सदस्य तथा कामना न्यूज पब्लिकेसन्स प्रालिका प्रधानसम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा उपचारको क्रममा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको जनाइएको छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पत्रकार श्रेष्ठको निधनप्रति शोक व्यक्त गरेको छ । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ती जारी गर्दै गहिरो दुःख प्रकट गरेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...