झपट रावल यसकारण सामाजिक अभियान्ता हुन्

जसले भनेको कुरा पूरा गर्न प्रतिबद्धता चाहिन्छ भन्ने पुष्टी गरे

झपट रावल यसकारण सामाजिक अभियान्ता हुन्

भपट रावल एक आन्दोलनको नाम हो, परिवर्तनको नाम हो र भरोसायोग्य कम्यूनिष्ट युवा नेताको नाम हो । काठमाडौंका सडकमा जति पानी बगेको छ, आन्दोलनका क्रममा उनको रगत त्यति नै बगेको छ भन्ने उनका समकालीनहरुले चर्चा गर्छन् ।

अछाम जिल्लाको दुर्गम गाउँमा सामन्य परिवारमा जन्मेका रावल पढाईका क्रममा काठमाडौंमा आउँदा उनले अछाम जिल्लामा रहेका दलित, छुवाछूत, छाउपडी, निर्वासनलगायतका अन्याय अत्याचारको अन्त्य गर्न विद्यार्थी राजनीतिमा होमिए । यद्यपि उनी सानो छँदै आमाबुवा गुमाएकाले हरेक कुराको निर्णय स्वयंले गर्नुपर्ने थियो । त्यसले उनले हरेक बुवाआमाले आफ्नो छोरो डाक्टर वा इन्जिनियर बनोस् भन्ने अपेक्षाको सामना गर्नु परेन । बरु तमाम चुनौतिका बाबजूद उनी नेकपा एमालेको जनसंगठन युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष भए ।

त्यसवेला महेश बस्नेत नेतृत्वको समयमा सडकको आन्दोलनको युवा नेताको रुपमा झपट रावल चिनिन्थे । उनले युवा विद्यार्थी आन्दोलनबाट विदा लिने वितिकै पार्टी राजनीतिमा समाहित हुँदै नेकपा एमालेको केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज भए । निर्वाचन जित्न आफ्नो भूगोल चाहिन्छ भन्नेहरुलाई भूगोल मात्र होइन, बिचार चाहिन्छ । भनेको कुरा पूरा गर्ने प्रतिबद्धता चाहिन्छ र त्यो पार्टीको नेतृत्वमा मात्र सम्भव छ भन्ने कुरा व्यवहारमा प्रमाणित गर्दै गएको निर्वाचनमा उनले कैलालीको थारु बाहुल्यता क्षेत्र नं. २ बाट सानदार रुपमा विजय हासिल गरेर नयाँ इतिहास कायम गरिदिए । 

पछिल्लो दिनमा उनलाई नेकपाका स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका पूर्व उपप्रधान, रक्षा तथा गृहमन्त्री भीम रावलले उठाएको राष्ट्रियता तथा असन्तुलित विकासको झण्डामुनी गोलबन्द भएको चर्चा सुनिन्छ । प्रतिनिधिसभामा उनले बेलाबेलामा बोलेको कुराले पनि यही कुराको पुष्टी गरेको देखिन्छ ।

आफूले महशुस गर्नु र अध्ययन गर्नु फरक फरक कुरा हो भन्ने कुरा कैलाली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेकपाका युवा नेता रावलले व्यवहारमा उतारेका छन् । यही २०७५ चैत्र २४ रावल आफनो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीमा रहेको हिमालय राष्ट्रिय माध्यामिक विद्यालय लम्कीफाँटा अमरावतीमा पुगेर ४ जना बालबालिकाहरु बुवाआमा नभएका अविभावकविहीन १ जना दलित सहितका ४ जना बालबालिकाको अवस्था सुने ।

जब उनले ती ४ जना बालबालिकाको आर्थिक सामाजिक अवस्था सुने र देखे, तब उनले आफ्नो बालापन सम्झे र स्वयं भक्कानिए । बाबुआमा नहुँदाको पीडा रावललाई राम्ररी अनुभव थियो । उनले ती बालबालिकाको अनुहारमा आफू अभावै अभावको पीडा भोग्दाको दुःखद घडी देखे अनि भक्कानिए । जब उनी भक्कानिए, सभामा आएका अरुको पनि मन थामिएन र उनीहरुका पनि आखाँ रसाउन थाले । त्यो भावविहल अवस्थामा सांसद रावलले आफू समालिँदै नयाँ घोषणा गरे । सो क्षेत्रको प्रतिनिधि अर्थात् आखाँबाट आसु झारिरहेका जनताको सच्चा प्रतिनिधि हुनुको नाताले उनले ती ४ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरे । उनले आफ्नो कार्यकालको ४ वर्षे अवधिका लागि मात्र होइन, उनीहरुको जीवनभरका लागि अभिभावकको भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत गरे । 

उक्त विद्यालयमा अध्यनरत असहाय टुहुरा बालबालिकाहरुमा युवराज आउजी (दमाई), भावना सिंह, भुपेश साउँद र प्रविन चौधरी थिए । उनले विद्यालयको प्रागणमा सो विद्यालय, त्यहाँका शिक्षक र अविभावकहरुलाई साँची राखेर चार जना बालकहरुको शिक्षा, औषधी उपचार लगायतका सम्पुर्ण जिम्मा लिने प्रतिवद्धता जनाए । उनले भक्कानिदै थपे ‘बाबुहरु आजदेखि तिमीहरुले मलाई आफ्नो अभिभावक ठान्नु र अप्ठयारो पर्दा मलाई सम्झनु र अभाव भएका बेला मलाई फोन गरेर माग्नु ।’

उनले आफनो स्वर्गीय आमा, बुवा र बाल्यकाल सम्झँदै त्यस विद्यालयमा अध्यनरत असाहय टुहुरा फरक क्षमता भएका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेकोसमेत दोहोर्याए । जुनबेला उनका आखाँभरि आँसुसमेत आएको स्पष्ट देख्न सकिन्थ्यो । उनले आमा बुवा नहुँदाको पीडा आफुलाई राम्रोसँग महशुस भएको र आफुले चुनावताका जनताको मालिक नभई सेवक र असहायहरुको अभिभावक बन्न मतदान गर्न आव्हान गरेको स्मरण गर्दै यो अविभावकत्व ग्रहण गरेको बताए । 

उनले आफू सत्तारुढ पार्टीको एक जना जिम्मेवार नेता हुनुको नाताले अब कोही पनि  बालबालिका शिक्षाबाट बन्चित हुन नपर्ने र त्यसको नेतृत्व आफुले लिएर नीति बनाउन पहल गर्ने समेत प्रतिबद्धता जाहेर गरे । उनले आफू र आफ्नो पार्टीले चुनावताका गरेका बाचाहरु यसै गरी पूरा गर्ने विश्वास दिलाउँदै विगतका जनप्रतिनीधिहरुले गरेका कमीकमजोरीहरु छताछुल्ल गर्नतिर नलाग्ने बरु त्यसबाट शिक्षा लिएर अघि बढ्ने पुनः दोहोर्याए । 

साँसद रावलले आफूले आफ्नो क्षेत्रको, आफ्नो जिल्लाको, आफ्नो प्रदेशको र देशको विकासको लागि आफूले संसदमा समेत जोडदाररुपमा आवाज उठाउने गरेको बताए । संसदबाट बन्ने हरेक कानूनहरुमा आफूले आफ्नो निर्वाचन क्षेत्रका गरिब, थारु समुदाय, दलित समुदाय, महिला र पिछडिएका क्षेत्रका जनताहरुको अनुहार सम्झेर आफ्ना तर्कहरु प्रस्तुत गर्ने गरेको बताए । 

आफनो निर्वाचन क्षेत्रमा विद्यालय रोज्ने वर्तमानको प्रावधान अनुसार आफूले हिमालय माविलाई रोजेको जानकारी गराउँदै यस विद्यालयमा सुचना प्रविधि प्रयोगशाला स्थापनाका लागि यसै आर्थिक वर्षमा रकम समेत विनियोजन गरेको र विद्यालयको भौतिक संरचनाका लागि समेत पहल गर्ने बताए । सासंद रावलले सिंहदरबार तथा केन्द्रमा बस्ने जनता सरह आफनो निर्वाचन क्षेत्रका जनताले समेत सुविधा उपभोग गर्न पाउनुपर्ने आफ्नो दृष्टिकोणमा कुनै परिवर्तन नआएको दोहोर्ए । आफूले अविभाकत्व ग्रहण गरेका वालकहरुको भविष्य यस क्षेत्रको सडक, विद्यालय, अस्पताल, विद्युत, रोजगारीलगाएतसंग जोडिएको हुनाले आफू यस क्षेत्रमा उक्त योजनाकासाथ लागि परेको जानकारी गराए ।  स्थानीय सरकार अन्तरगत सो वडा कार्यालयले समेत आफ्नो अभियानलाई सहयोग गर्दै राम्रो काम गरेकोमा वडा अध्यक्ष खकेन्द्र भण्डारीलाई धन्यवाद दिदै त्यस कार्यमा सम्पुर्ण वडावासीहरुले सहयोग गर्नुपर्ने बताए । यसै गरी नयाँ युगको नयाँ विकास अभियानमा सहयोग गर्न यस क्षेत्रका शिक्षक, वकिल, विद्यार्थी, यूवा, जनप्रतिनीधि र आम जनसमुदायलाई सधै वाचडगको भूमिकामा रहन समेत अनुरोध गरे ।

यति मात्र होइन साँसद रावलले जानकी गाउपालिकाको ९ नम्बर वडामा रहेका असहाय अनाथ असक्त बालबालिकाहरुलाई अक्षय कोषका लागि ५० हजार र साँस्कृतिक जगेर्ना तथा संरक्षणका लागि पन्चेबाजा समुहलाई आफनो १ महिनाको सुविधा दिने घोषणा गरेका थिए । सासंद रावलले  सोही गाउँपालिकाको वडा नं. ९ मा नेपाल जातीय संग्रहालयको समेत स्थापना गर्न सहयोग गरेका छन् । निर्वाचनका बेला सो क्षेत्रका थारु समुदायको संस्कृति जगेर्ना गर्न संग्रालय स्थापना गर्ने आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका थिए । ‘हाम्रो नगर हाम्रो गाउँ सबै बालबालिकालाई विद्यालय पु¥याऔं’ भन्ने नाराकासाथ शुरु भएको अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर रावल सभापतित्वमा  सांसद रावल प्रमुख अतिथि थिए ।

यसरी नै हरेक राजनीतिज्ञ, जनप्रतिनिधि तथा समाजसेवीहरुले यही खालको प्रतिबद्धता पूरा गर्ने र जनतालाई मालिक ठान्ने, असहायलाई आफ्नै छोराछोरीको रुपमा ग्रहण गर्ने अवस्था आएमा समृद्ध नेपाल, सुखी नेपालीको नारा केबल कल्पनामा मात्र सीमित हुने छैन ।

(लेखक : दलित अधिकारकर्मी हुन्)



प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झ्याल नजिकै यौनसम्पर्क गरिरहेको एक जोडी उत्तेजित हुँदा नवौँ तलाबाट खस्यो

काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक भवनको नवौं तल्लामा आत्मीय क्षण बिताइरहेको एक जोडी भु...