मुख निर्वाचन आयुक्तमा प्रस्तावित थपलियाको सुनुवाई आज हुँदै

प्रस्तावित ५ जनाको सुनुवाई भने भोली गर्ने

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको सुनुवाई आजबाट सुरु हुँदैछ । संसदीय सुनुवाई समितिको आज सिंहदरबारमा बस्ने बैठकमा थपलियाको सुनुवाई हुने भएको छ । 

संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध परेको ६ वटा उजुरी खुला गर्दै दिउँसो २ बजेबाट सुनुवाई सुरु हुनेछ । त्यसअघि बिहान ११ बजे भने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ५ जनाको सुनुवाई भने भोली गर्ने भएको छ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सिफारिस प्रक्रिया नै गलत रहेको दावी गर्दै २ वटा र अन्य ३ वटा गरी ५ वटा उजुरी परेकोले भोली त्यस विषयमा सुनुवाई हुने संसदीय सुनुवाई समितिले जनाएको छ । 

संसदीय सुनुवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलिया र प्रस्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...