पहिलो पटक राष्ट्रिय परिचयपत्र लिने भण्डारीको निधन

Bhagwati devi rastriya parichaya patra

पाँचथर । नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी भगवतीदेवी भण्डारीको निधन भएको छ ।

नेपालमै पहिलो पटक गत मंसिर ३ गते गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरेका थिए । गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गरेका थिए ।

दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको हो । उनको शुक्रबार नै फिदिम स्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ ।भण्डारीका २ छोरा र १ छोरी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...