गाउँमै मिल्न थाले साना तिना झैझगडा

Kutpit gareko

 

जाजरकोट । समुदायमा हुने गरेका मनमुटाव, वैमनस्यता र झै झगडा लगायतका विवाद समाधान गर्न स्थानीय सरकारले सामुदायिक मेलमिलापकर्ता तयार गरेका छन् ।

जिल्लाका नलगाड नगरपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाले झण्डै १४० भन्दा बढी मेलमिलापकर्ता जनशक्ति उत्पादन गरेका हुन् । चार स्थानीय तहका केहि सामाजिक क्षेत्रमा काम गर्ने मानिसहरुलाई आठदिने आधारभूत तालीममार्फत मेलमिलापकर्ता उत्पादन गरेका छन् ।

समुदायका मनमुटाव, वैमनस्यता, झगडालगायत विवाद समाधान गर्न र न्याय समितिको न्यायिककार्य सम्पादनमा सहयोग पु¥याउने उद्देश्यले जनशक्ति उत्पादन गरिएको स्थानीय सरकारले बताएका छन् । तालीम लिएका मेलमिलापकर्ताले सबै वडामा मेलमिलापकर्ताको रुपमा काम गर्नेछन् ।

न्यायिक समितिको न्यायिककार्य सम्पादनमा सहयोग गर्ने, विवादलाई मेलमिलापका माध्यमबाट टुङ्गो लगाउने, प्रचलित कानूनको परिपालना गरी समाजमा मेलमिलाप कायम गर्नेलगायत काम मध्यस्थकर्ताले गर्नेछन्   । स्थानीय न्यायिक समितिलाई सहजकर्ताले सहयोग गर्ने अपेक्षा लिइएको छ ।

तालीमले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहमा न्याय सम्पादनका कामलाई सुलभ बनाउने परिकल्पना गरिएको नेपाल बार एशोसिएसनका अध्यक्ष भीमबहादुर सिंहले बताएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...