भिआएपीलाई गुमाएको हृदयविदारक २०७५ साल : जसलाई गुमायो नेपालले

Vip gumayeko  sal

काठमाडौं । २०७५ साल नेपाली राजनीतिमा खासै प्रभावकारी बनेन । तर, नेपाली राजनीतिकले केही हसतीलाई गुमायो । राजनीति, कला तथा पर्यटन क्षेत्र आदी क्षेत्रका लागि लागि २०७५ साल निकै दुःखद रह्यो ।

केही प्राकृतिक विपत्ति तथा दैवी प्रकोपका कारण देशले अरु धेरै नागरिकलाई पनि गुमाएको छ । बहालवाला मन्त्रीदेखि चैत १७ गते आएको हुरी टोर्नाडोबाट २८ जनाको मृत्यु भएको थियो भने केही हजार घरमा क्षति पुग्यो । यो नेपालको लागि क्षति हो ।

फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीको निधन भयो । २०७४ चैत २ गते मन्त्रीको पद सम्हालेका अधिकारीको ११ महिनापछि हेलिकप्टर दुर्घटनामा परि निधन भएको हो ।

तीनपटक नेपालको अर्थमन्त्रीको कार्यभार सम्हालेका भरतमोहन अधिकारीको ८३ वर्षको उमेरमा फागुन १८ गते निधन भयो । उनलाई नेपालको इतिहासमा ज्येष्ठ नागरिकका दुःख बुझ्ने मान्छे भनेर पनि चिनिन्छ । अधिकारीले आफ्नै कार्यकालमा ज्येष्ठ नागरिकलाई भत्ता दिन सुरु गरेका थिए । उनलाई २०७५ सालले गुमायो ।

नेपाली काँग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको असोज २८ गते बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । २०६९ पुस १४ गते विराटनगरको बन्धु भेलामा ‘ब्रेन अट्याक’ भएदेखि उनी अर्धचेत अवस्थामा थिए । उनी २०४८ सालमा भारतका लागि नेपालका राजदूत थिए भने २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार हुँदा उनी परराष्ट्रमन्त्री पनि बनेका थिए ।

कात्तिक १८ गते देशले मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरलाई गुमायो । मस्तिष्कघातका कारण ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा उनको निधन भएको हो । कम्युनिष्ट आन्दोलन र शान्ति प्रक्रियामा उनको योगदानलाई महत्वपूर्ण मानिन्छ ।

कलाकार भीमबहादुर थापाको जेठ ३० गते ९३ वर्षको उमेरमा निधन भयो । ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लड्नुभएका थापाले झण्डै एक सयवटा चलचित्र र टेलिचलचित्रमा अभिनय गरेका थिए ।

२०७५ मा चिकित्सा क्षेत्रको एक नक्षत्र गुमाउनुपर्यो । असार ४ गते वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन भयो । उनले बाँसबारीस्थीत आफैले स्थापना गर्नुभएको न्यूरो अस्पतालमा अन्तिम श्वास फेरे ।

रेडियाकर्मी तथा साहित्यकार यज्ञनिधि दाहाललाई देशले गुमायो । यज्ञनिधि दाहाल नेपाली रेडियो तथा साहित्यिक क्षेत्रमा परिचित नाम हो । २०१० सालमा खोटाङको खाल्लेमा जन्मिएका दाहालको यसै वर्ष साउन २५ गते निधन भयो ।

व्यावसायिक पत्रकारिताका अगुवा हेमराज ज्ञवालीलाई पनि देशल गुमायो । निजी क्षेत्रबाट पत्रकारिता विकासमा महत्वपूर्ण भूमिका खेलेका ज्ञवालीको पनि यसै वर्षको असोज २८ गते निधन भयो । उनी कान्तिपुर प्रकाशनको सुरुआती चरणदेखि अध्यक्ष तथा नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष थिए ।

लोक गायक बुद्धिकृष्ण लामिछाने, व्यवसायी आङछिरिङ शेर्पा र व्यवसायी दिवाकर गोल्छालाई पनि देशले गुमायो । वर्षको अन्तिम समयमा देशले उद्योगपति दिवाकर गोल्छालाई गुमाउनुपर्यो । चैत्र २७ गते उपचारका क्रममा भारतको चेन्नईस्थीत एक अस्पतालमा ६७ वर्षको उमेरमा उनको निधन भयो ।

प्रतिकृया दिनुहोस