१४ वर्षीय बालकको उदाहरणीय काम, जसले फिर्ता गरे भेट्टाएको १ लाख रुपैयाँ

Paisa firta

सर्लाही । भनिन्छ पैसा भनेपछि महादेवको पनि तिननेत्र हुन्छ रे । तर, सर्लाहीका १४ वर्षका आर्यन श्रेष्ठले भेट्टाएको पैसामा कुनै लोभ गरेनन् । उनले इमान्दारिताका साथ भेट्टाएको १ लाख रुपैयाँ फिर्ता गरेका छन् ।

लालबन्दी नगरपालिकास्थित नवलपुर चोकमा शुक्रवार दिउँसो भेट्टाएको पैसा श्रेष्ठले आफ्नो पसल नजिकै रोडमा खसेको पैसा भेट्टाएका थिए । जुन पैसा इलाका प्रहरी कार्यालय नवलपुरको रोहबरमा पैसा हराउने सोही ठाउँका नथुनी साहलाई फिर्ता गरे ।

साहले रोडक्रस गर्ने समयमा गोजीमा रहेको ३ लाखमध्ये १ लाख बाटोमा खसेको बताए । जग्गा किन्न धनीलाई बयना दिन जाँदै गर्दा आफूले पैसा खसालेको साहले बताएका छन् । पैसा पाएपछि खुशीले सानो बाबु श्रेष्ठलाई ५ हजार उपहार स्वरुप प्रदान गरेको समेत साहले बताए ।

ऋण काढेर ल्याएको पैसा हराउँदा ठूलो चिन्ता लागेको थियो । सानो सनपापडी व्यापारबाट अलि(अलि बचत गरेर केही ऋण लिएर जग्गा किन्न खोजेका थियौं ।

नवलपुर चौकमा ज्ञान ज्योती पुस्तक पसल चलाउँदै आएका बुवा अजय श्रेष्ठले पैसा हराउनेलाई कत्रो चिन्ता होला भनेर खोज तलाश गर्दा हराउने व्यक्तिलाई पैसा फिर्ता गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस