बागमति नदीमा मोटरबोट चलाउने अन्तिम तयारी

Motar bot

हेटौडा । सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट सञ्चालन हुने भएको छ ।

नयाँ वर्षको सुरुवातसँगै आइतबारबाट रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन हुन लागेको हो । मकवानपुरबाट प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको पहलमा जलमार्ग निर्माण भएको र बैसाख १ गतेबाट ११ सिट क्षमताको मोटरबोट सञ्चालन हुने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।

हाल चितवनको नारायणी नदीमा सञ्चालित ११ सिट रहेको मोटरबोटलाई नै बागमतीमा लगेर सञ्चालन गरिने उनको भनाइ छ । सांसद विकास कोषमा रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत खर्च गरिने योजनामध्येबाट रु २० लाख खर्च गरेर जलमार्गको निर्माण गरिएको हो ।

प्रतिकृया दिनुहोस