सुनसरीको सेउतीमा कार, ट्रयाक्टर र बस ठोक्किँदा ३ जनाको मृत्यु

Accidenta 22

धरान । कार, ट्याक्टर र बस एकआपसमा सेउती पुलनजिक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

शुक्रबार राति धरानबाट आँउदै गरेको कार, ट्याक्टर र बस एकआपसमा सेउती पुलनजिक ठोक्किँदा तीन जनाको मृत्यु भएको हो ।

धरानबाट इटहरीतर्फ जाँदै गरेको बा ४ च ४०७६ नम्बरको कारले त्यही दिशाबाट आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टर र इटहरीबाट धरानतर्फ आउँदै गरेको को १ ख ४७६१ बसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार इटहरी–५, का अनिल श्रेष्ठ, धनकुटा महालक्ष्मी नगरपालिकाका जनक वुढाथोकी र इटहरी–४, का मदन लिम्बूको मृत्यु भएको छ ।

दुर्घटनामा कार चालक र ट्रयाक्टर चालक गम्भीर घाइते भएका छन् । दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बसमा सवार अन्य चार चना भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस