१४ बुँदे पोखरा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन सम्पन्न

Congress party office

पोखरा । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबार सम्पन्न भएको छ । पोखरामा बिहीबारदेखि सुरु भएको कोषाध्यक्षहरुको भेला १४ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

घोषणापत्रमा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न केन्द्रीय कार्यसमितिलाई आग्रह गर्ने, भातृसंगठनको निर्वाचन समयमै गर्नुपर्ने तथा पार्टीका आर्थिक क्रियाकलाप पारदर्शी बनाउनुपर्नेलगायतका विषय समेटिएका छन् ।

दुई दिनसम्म चलेको सम्मेलनमा ७७ जिल्लाका कोषाध्यक्षहरुको सहभागिता रहेको कांग्रेस जिल्ला कोषाध्यक्ष राष्ट्रिय कार्यसमितिका महासचिव लक्ष्मी पाण्डेले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...