६ बुँदे घोषणापत्र जारी गर्दै स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन समापन

काठमाडौं । ‘संघीय प्रणालीमा समता र विकास लागि अनुसन्धान’ भन्ने नारा बोकेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौँ शिखर सम्मलेन आज ६ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ।

बुधबारबाट सुरु भएको सम्मेलन आज शुक्रबार समापन भएको हो। सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका स्वदेशी तथा विदेशी वैज्ञानिकहरुको उपस्थिति थियो।

सम्मेलनमा १३७ वटा जनस्वास्थ्यसँग सम्बनिधत विभिन्न विधाहरु स्वास्थ्य समता र विकास, सामाजिक स्वास्थ्य बीमा, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोर किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणाली, हेल्थ इकोनोमिक्स तथा फाइनान्सिङ र स्वास्थ्य सम्बद्र्धन, प्रविधि र आवश्यक मेडिकल उत्पादन जस्ता विषयहरुमा कार्यपत्र प्रस्तुत गरिएका थिए । 

जसमा ३३ वटा मौखिक प्रस्तुतिकरण भएको थियो भने १०४ वटा पोष्टर प्रस्तुतिकरण भएको थियो। साथै सम्मेलनमा १० वटा आमन्त्रित प्रस्तुतिकरणहरु पनि समावेश थिए। समापनको दिनमा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत पनि गरिएको छ। मौखिक प्रस्तुतिकरण अन्तर्गत प्रा डा निशा झा पुरस्कृत भइन् भने पोस्टर प्रस्तुतीकरणमा पुस्कर चन्द्र ठकुरी पुरस्कृत भए। त्यसैगरी एक वर्ष भरी प्रकाशित लेखहरुमध्ये उत्कृष्ट लेखलाई ‘उत्कृष्ट कृति पुरस्कार २०१८’ डा ओम मूर्ति अनिल लगायतको टिमले हात पारेको छ। 

त्यसैगरी ‘उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार २०१८’ डा शमशुल अन्सारी, ‘मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार’ डा प्रनिलमान सिंह प्रधान, परिषदका कर्मचारीलाई मात्र प्रदान गरिने ‘मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार’ विहंगम विष्टले पाएका छन्।

यसै वर्षदेखि सुरु गरिएको ‘स्वास्थ्य अनुसन्धान लाईफ टाईम एचिभमेन्ट पुरस्कार’ प्राडा शिव कुमार राईले पाएका छन् भने परिषदमा वर्षभरि उत्कृष्ट काम गर्ने स्थायी कर्मचारी प्रदीप बेलबासेले बेष्ट पर्फमेन्स अवार्ड पाएका छन्। त्यसैगरी यसवर्ष अवकाश पाउने कर्मचारी राम प्रसाद पोखरललाई पनि सम्मानित गरिएको छ। 

सम्मेलनमा प्रस्तुत भएका प्रस्तुतिकरणहरुको पूर्ण समिक्षा र ६ बुँदै घोषणापत्र सहित ४ देखि ६ हप्ता भित्र नीति निर्माण तहमा उपयोगी र सान्दर्भिक हुने खालका अध्ययनहरुको ‘पोलिसि ब्रिफ’ बनाइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइनेछ। 

परिषदका अध्यक्ष डा अञ्जनी कुमार झाले अनुसन्धानका लागि पैसा पुगेपनि गुणात्मकतामा ध्यान दिनु पर्ने बताए। उनले भने ‘यसपालिको सम्मेलनले संघीय, प्रदेश तथा स्थानीय तहका सबै प्रतिनिधि बोलाएर छलफलमा सहभागी गराउनु यस सम्मेलनको राम्रो पक्ष हो।’

समापनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जलवायु परिवर्तन, वातावरण प्रदुषण तथा नसर्ने रोग स्वास्थ्यका प्रमुख विषय भएको भन्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...