महाप्रबन्धक क्षेत्रीद्धारा सरकार समक्ष स्पष्टीकरण पेश

यात्रुको सहजताका लागि उठान अनुमति दिइएको दाबी

Bimaaaan

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महा प्रबन्धक राजकुमार क्षेत्रीले स्पष्टीकरण दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उाले आज २४ घन्टे स्पष्टीकरणको जवाफ दिएका हुन् ।  

मंगलबार राति १० बजेपछि उडान गर्न नमिल्ने सूचना लागू भएको अवस्थामा १७ मिनेटपछि फ्लाई दुबईलाई अनुमति दिएको विषयमा बुधबार मन्त्रालय र क्यानले २४ घन्टे स्पष्टीकरण मागेका थिए । 

रनवेको काम सुरु नभएका कारण इन्जिनियरहरुसँग समन्वय गरेर जहाजलाई उडान अनुमति दिएको क्षेत्रीको स्पष्टीकरणमा उल्लेख छ । जहाज उड्न तयार भइसकेको अवस्थामा टावर र सम्बन्धित एअरलाइन्ससंगको अनुमतिमा कुनै पनि यात्रुलाई असर नपरोस् भन्ने उद्देश्यले उडान अनुमति दिएको क्षेत्रीको भनाइ छ । अघिल्लो बुधबार राति १० बजे उडान हुनुपर्ने विमान चार मिनेट ढिला हुदाँ रोकिएको थियो ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...