सुशासन कायम गर्न नसक्दा जनतामा नैराश्यता : रक्षामन्त्री

Esor

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कानुनको अभाव हुँदा सुशासन कायम गर्न नसकेको बताएका छन् । शुक्रबार काठमाडौंस्थित टंगाल माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले सुशासन कायम गर्न नसक्दा जनतामा नैराश्यता बढ्दै गएको बताए ।

सरकारको एक वर्ष कानुन निर्माणमा व्यतित भएको भन्दै उनले अझै कतिपय कानुन निर्माण गर्न बाँकी रहँदा सरकारको कामले गति लिन नसकेको स्वीकार गरे । उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव हुँदा विकासका कामले गति लिन नसकेको भन्दै अब सरकारले गति लिनेसमेत बताए ।

अर्को एक प्रसंगमा रक्षामन्त्री पोखरेलले शीर्ष नेतृत्वमा पार्टी एकताका विषयमा छलफल भइरहको भन्दै चाँडै पार्टी एकता टुंगिने जानकारी दिए । कार्यक्रमा विद्यालयका दाताहरु, उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...