ठूला आयोजना बढाउने तयारीमा खानेपानी मन्त्रालय

चाईना एक्जिम बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी ल्याउने तयारी

Khanepani mantralaya

काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानीका ५ ठूला आयोजनाको काम अगाडि बढाउने भएको छ ।

नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनाको कामलाई अघि बढाउन लागेको हो ।

मुलुकमा बढ्दै गइरहेको खानेपानी आवश्यकता पूरा गर्न पाँच आयोजनालाई प्राथमिकता दिन खानेपानी मन्त्री बिना मगरले खानेपानीका पाँच आयोजनाहरु सचिव र विभागीय प्रमुखहरुलाई निर्देशन दिइसकेकी छन् ।

चीनका ठूला कम्पनीमध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी) ले नेपालको खानेपानीको क्षेत्रमा पहिलो प्राथमिकता दिएर लगानी जुटाउने प्रस्ताव पेश गरेको छ । कम्पनीले पेश गरेको प्रस्तावमा खानेपानीका यी पाँच ठूला आयोजनाहरुमा चाईना एक्जिम बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी ल्याउने र निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता गरेको छ ।

सम्भाव्यता अध्ययन भईसकेका पाँच आयोजनाहरुको लागत ९० अर्ब लाग्ने अनुमान गरिएको छ । पाँच वटै खानेपानीका आयोजनाबाट करिब ६० लाख जनसंख्या लाभान्वित हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

मेलम्ची खानेपानी आयोजनाले मात्रै उपत्यकाको खानेपानीको माग पूरा गर्न असम्भव भएपछि भक्तपुरको महादेव खोला जलाशययुक्त खानेपानी आयोजना पनि सञ्चालन गर्ने तयारी भईरहेको छ । यसको सम्भाव्यता अध्ययन पनि पूरा भइसकेको छ । ३ अर्ब अनुमानित लागत रहेको यस आयोजना सञ्चालन भएपछि भक्तपुरका करिब ५ लाख जनसंख्या लाभान्वित हुने अपेक्षा गरिएको छ ।

कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर पूर्व, चितवन, बारा, पर्साका करिब ४० लाख जनसंख्या लाभान्वित हुने गरी नारायणी नदी थोक वितरण खानेपानी आयोजना निर्माण गर्ने तयारी हुँदैछ । खानेपानी तथा ढल व्यवस्थापन विभागको प्रारम्भिक अध्ययनअनुसार यस आयोजनाको लागत ६० अर्ब लाग्ने अनुमान गरिएको छ । यस आयोजनाको पनि सम्भाव्यता अध्ययन पूरा भइसकेको छ ।

करिब २ अर्ब लागतमा दाङको पातुखोला जलाशययुक्त खानेपानी आयोजना निर्माण गर्ने सरकारको योजना छ । मन्त्रालयको प्रारम्भिक अनुसन्धानबाट आयोजना सम्पन्न भएपछि दाङ क्षेत्रका करिब १ लाख ५० हजार जनसंख्या लाभान्वित हुनेछन् ।

मन्त्रालयले तेस्रो आयोजनाअन्तर्गत करिब ३ अर्बको लागतमा भेरी–सुर्खेत उपत्यका पम्पिङ खानेपानी आयोजना निर्माण गर्दैछ । यस आयोजनाको डीपीआर तयार भइसकेको छ । आयोजना सञ्चालन भएपछि सुर्खेतका करिब १ लाख ६५ हजार जनसंख्या लाभान्वित हुने बताइएको छ ।

बाँके र बर्दियाका करिब १३ लाख जनसंख्या लाभान्वित हुने गरी मन्त्रालयले कर्णाली बबई थोक वितरण खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन गरिसकेको छ । यो आयोजनाको लागत २१ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...