विप्लवका जिल्ला ज्वाला इञ्चार्ज पक्राउ

Bir bdr ghalan

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर जिल्ला इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) पक्राउ परेका छन् । सो पार्टीलाई राजनीतिक रुपमा प्रतिबन्ध लगाएपछि नेकपाका नेकपाका नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने क्रम पनि तीव्र रुपमा बढेको छ ।

सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका घलानलाई बिहीबार राति हेटौँडाको फायर लाइनबाट पक्राउ गरिएको हो । उनीसँगै अर्का एक व्यक्तिलाई पनि पक्राउ परेका छन् ।

यसअघि पनि विप्लव समूहका चार जनालाई पक्राउ गरेको मकवानपुर प्रहरीले अहिले पक्राउ पर्नेहरुलाई औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...