सगरमाथाको उचाइ मापन गर्ने काम ६० प्रतिशत सकियो

Sagarmatha

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन काम ६० प्रतिशत सकिएको नापी विभागले जनाएको छ ।

सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम भैसकेको र यो काम सकिएसँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डंगोलले जानकारी दिए ।

अब प्राविधिक टोलीले सगरमाथा उचाइमा पुगेर उचाइ मापन गर्नेछन् । सगरमाथाको आधिकारिक उचाइ आठ हजार आठ सय ४८ मिटर मानिए पनि नेपालले भने पहिलो पल्ट मापन गर्न लागेको हो ।

यसअघि भारत, चीन, अमेरिकालगायत देशले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...