पोखरा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन सकिंदै

सरकार विरोधी सडक आन्दोलन गर्ने तयारी

Congress party office

काठमाडौं । पोखरा घोषणा पत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षहरूको तेस्रो राष्ट्रिय सम्मेलन आज सकिंदैछ ।

समूह विभाजन गरी केहीबेरमा सुरु हुने बन्द सत्रमा विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमिति अध्यक्ष गोविन्द पुडासैनीले बताउनुभयो । छलफलपछि प्राप्त निष्कर्षलाई समेत समेटेर सम्मेलनले पोखरा घोषणा पत्र जारी गर्ने बताउँदै उहाँले अधिकांश कार्यपत्र नेतृत्वलाई दबाब दिंदै पार्टीलाई एक ढिक्का बनाउन केन्द्रित हुने जानकारी दिनुभयो ।

सरकारको काममा असन्तुष्टि जनाउँदै आएको प्रतिपक्षी दल कांग्रेसले सरकार विरोधी सडक आन्दोलन गर्ने तयारी गरेको छ । ६० जिल्लाका कोषाध्यक्षको उपस्थिति रहेको सो सम्मेलनको उद्घाटन सत्रमा हिजो पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत शीर्ष नेताहरुको उपस्थिति थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...