राष्ट्रिय जनता पार्टीको महाधिवेसन सर्ने, नयाँ मिति अन्यौलमा

वैशाख ८ गते पदाधिकारी समितिको बैठक

Rajapa glage

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को महाधिवेशन तोकिएको समयमा नहुने भएको छ । महाधिवेशनको तयारी पूरा नभएको भन्दै राजपाले आगामी वैशाख ७–९ मा पूर्वघोषित महाधिवेशनको मिति सार्ने भएको हो ।

राजधानीमा तीन दिनसम्म चलेको राजपा अध्यक्षमण्डलको बैठकले महाधिवेशनको तयारी नपुगेको भन्दै अर्को मिति तय गर्न वैशाख ८ गते पदाधिकारी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

बैठकले पार्टी महाधिवेशन सम्पन्न गर्न नेता महन्थ ठाकुरको संयोजकत्वमा राजपा नेपाल महाधिवेशन मूल आयोजक समिति गठन गरेको राजपा अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...