आजको मौसम: कहाँ कस्तो, पानी पर्छ कि पर्दैन ?

बाँकी भेगमा आंशिक बदली रहने

Mausam fsabdroyqv

काठमाडौं । देशको पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भुभागमा शुक्रबार आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भेगमा आंशिक बदली रहने मौसमविदले बताएका छन् । देशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार राति पनि पूर्वी र मध्य भूभाग लगायात पश्चिमी पहाडी भुभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली नै रहने महाशाखाले उल्लेख गरेको छ ।

पूर्वी भूभाग लगायत मध्य र पश्चिमका पहाडी भूभागका केही स्थानमा राति पनि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...