मलेसियाका लागि एकै दिनमा लिए ३८ जनाले श्रम स्वीकृति

Ppp

काठमाडौँ । आंशिक रुपमा सरकारले मलेसियाका लागि कलिङ भिसामार्फत पठाउनका लागि खुल्ला गरेपछि बिहीबार मात्रै ३८ जनाले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् ।

भिसा खुल्ला भएदेखि आज सबैभन्दा बढी कामदारले श्रम स्वीकृति लिएको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए । ‘श्रम स्वीकृति दिने काम सुरु भएसँगै उताबाट भिसाको स्वीकृति लिएका कामदारहरुको चाप दैनिक रुपमा बढ्न थालेको छ’, उनले भने । मेनपावर कम्पनीबाट कामदारलाई मलेसिया पठाउन केही समयपछि सरकारले स्वीकृति दिएपछि खुल्ला गरिने उनले बताए ।

मलेसियाबाट सात हजार पाँच सयले कलिङ भिसा पाइसकेका छन् । भिसा पाएका सम्पूर्ण कामदारलाई नियमित रुपमा श्रम स्वीकृति दिइने उनले बताए ।

के हो कलिङ भिसा ?
विभिन्न कम्पनीबाट रोजगारीका लागि सिधै कामदारलाई पठाइने भिसा कलिङ भिसा हो । आफूलाई आवश्यक परेको योग्यताअनुसारका कामदारलाई विभिन्न कम्पनीहरुले एम्बेसीमार्फत सिधै भिसा पठाउने गर्छन् ।

सरकारले मलेसिया जाने कामदार बढी ठगिएको भन्दै रोक लगाएपछि प्रत्येक्ष रुपमा कलिङ भिसा पाउने कामदार समेत मारमा परेका थिए । उनीहरुको समस्यालाई मध्यनजर गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही चैत १७ गतेबाट कलिङ भिसामार्फत मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन देशभरका श्रम कार्यालयलाई अनुमति दिएको थियो ।

श्रम कार्यालय ताहाचलले १७ गते नै कामदार पठाउन अनुमति पाएको भए पनि २५ गतेबाट मात्र श्रम स्वीकृति दिन सुरु गरेको थियो । जसमध्ये पहिलो दिन २५ गते २ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै २६ गते १७, २७ गते ७ जना र २८ गते २६ गते ३८ जना गरी जम्मा ६४ जनाले श्रम स्वीकृति लिइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...