गण्डकी पुग्यो परिवार दलको राष्ट्र जागरण अभियान

Yeknatha dhakal

पोखरा । नेपाल परिवार दलले राष्ट्र जागरण अभियान गण्डकी प्रदेशमा पनि शुरु गरेको छ । परिवार दलले बिहिबार पोखराको लेकसाईडबाट सो अभियानको आरम्भ गरेको हो ।

दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले शान्ति र बिकासको लागि सकारात्मक माहोल बनाउन राष्ट्र जागरण अभियान संचालन गरेको बताए । ‘नेपाल परिवार दलको राष्ट्र जागरण अभियान : शान्ति र बिकासको लागि सकारात्मक बाताबरण’ भन्ने नाराका साथ माघदेखि सुदुरपश्चिम प्रदेशको राजधानी धनगडीबाट सुरु गरिएको अभियान बिहीबार पुगेको छ ।

देशमा अस्थिरताको बिजारोपण गर्नेहरु प्रति समयमानै सचेत हुन सरकारलाइ आग्रह गदै परिवार दलले देशका आदिबासी तथा जनजाति, मधेशी, मुश्लिम, थारु, दलित, ओबिसि, खस आर्य, दशनामी लगायतका नेपाली जाति, भाषा, धर्म र संस्कृतिका नागरिकसँग छलफल तथा अन्तरक्रिया गरि सबैलाई आ—आफ्नो जिम्बेवारी बहन गर्न र जुटेर राष्ट्रको सेवा गर्न आब्हान गरेको छ ।

ढकालले राष्ट्रिय एकता, तिब्र विकास, संविधानको प्रभावकारी कार्यन्वयन,असल संस्कार, शुशासन, श्रमको सम्मान, समानता तथा पारिवारिक मूल्य मान्यताको जगेर्ना गर्न राष्ट्र जागरण अभियानले सहयोग गर्ने दावी पनि गरे ।

‘बिकास र समृद्धि बिनाको लोकतन्त्रको कुनै अर्थ छैन’ उनले भने, ‘सार्वजनिक सोच, जबाफदेहिता, अनुशासन र राष्ट्रिय प्रतिभाको विकासमा पनि जागरण अभियान सहयोगी हुनेछ ।’

अध्यक्ष ढकालले परिवार दलको उपस्थिति छिट्टै संघीय संसदमा हुने बताए । परिवार दल तत्कालिन एमालेसँग ३ बुँदे सहमति गरेर निर्वाचनमा गएको र त्यतिबेलाको प्रतिवबद्धता अनुरुप आफनो दलले बाम गठबन्धन सँग सहकार्य गरी आफ्नो जिम्मेबारी पुरा गरेको र अव जिम्मेबारी पुरा गर्ने पालो गठबन्धनको भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...