पशु व्यवसायमा अवरोध नहटाए आमरण अनशन बस्ने चेतावनी

Qqq

काठमाडौं । नेपाल पशुपंक्षीजन्य व्यवसायी संघले २०७५ साल फागुन ३ गतेसम्म जे/जसरी आफूहरुले राँगा र भैंसीहरु ल्याएका हो त्यसैगरि ल्याउन पाउनुपर्ने माग गरेको छ । सरकारले आफूहरुको व्यवसायमा अवरोध नहटाए आमरण अनशनसम्म बस्ने संघले चेतावनी दिएको छ ।

बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गरेर संघले यस्तो माग गरेको हो । ऐन तथा कानून परिवर्तन गर्दा सरोकारवाला पक्षहरुसँगको सहमतिमा मात्रै गर्नुपर्ने पनि संघको भनाई छ । संघले भारतको पशु चिकित्सकले जाँचेको पशुलाई नेपाल सरकारले मान्यता दिएको तर बोर्डरमा रहेका नेपाली पशु चिकित्सकहरुले जाँचेका पशुहरुको मान्यता नदिएकोमा पनि असन्तुिष्ट जनाएको छ । 

आफूहरुको जायज माग पूरा नगरे सरकारविरुद्ध रेष्टुरेन्ट व्यवसायी, होटेल व्यवसायी, राँगा/भैंसीका मासु व्यवसायी, तराईका पशु हाटबजार सञ्चालकहरु, स्थानीय निकाय, प्रदेश सरकार आम उपभोक्तालाई एकताबद्ध गरेर बन्द, हड्ताल तथा संघर्षमा उत्रिनेपनि चेतावनी दिएको छ । 

संघका कार्यालय प्रमुख आत्माराम पौडेलले आवश्यक परे आफूहरु पशु सेवा विभाग वा मन्त्रायलय परिसरमै आमरण अनशन बस्न पनि तयार रहेको चेतावनी दिए ।   २०५५ सालमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन लागु गरेको र २०६४ सालमा पशु ढुवानी मापदण्ड लागु गरेपनि ढुवानी मापदण्ड अनुकुल नभएको पनि गुनासो व्यवसायीको छ । 

कार्यक्रममा संघका प्रमुख सल्लाहकार आनन्दराम पौडेलले सरकारले पूर्ववत रुपमै पशु ल्याउने व्यवस्था गर्नुपर्ने स्पष्ट पारे । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...