जिल्लामा विस्तारित बैठक गर्न राजपाको सर्कुलर जारी

Wwwo

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जिल्ला जिल्लामा विस्तारित बैठक गर्न सर्कुलर जारी गरेको छ । पर्यवेक्षक टोलीको उपस्थितिमा हुने सो बैठकले सम्बन्धित जिल्लामा देखिएका समस्या समाधान गर्न पहल गर्नेछ । यस्तै त्यहाँबाट समाधान हुन नसकेका विषयलाई केन्द्रमा पठाउन राजपा नेपालको अध्यक्षमण्डलले निर्देशन दिएको छ ।

काठमाडौमा तीन दिनदेखि जारी राजपा नेपालको अध्यक्षमण्डलको बैठकले वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्न पनि जिल्ला अध्यक्षमण्डलाई निर्देशन दिएको छ ।

देशको वर्तमान राजनीतिक अवस्था र भावी कार्यदिशा’ विषयमा अन्तरक्रिया कार्यक्रम गरी त्यसबाट निस्किने निकासको बारेमा केन्द्रलाई जानकारी गराउन पनि निर्देशन दिएको अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले जानकारी गराए । साथै राजपाले बैशाख ७ गते भव्यरुपमा पार्टीको स्थापना दिवस मनाउने भएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...