आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु

Death

सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिका–२ की एक बालिकाकाे आगलागीमा जलेर मृत्यु भएको छ। आगो फुक्ने क्रममा शरीरमा आगो सल्कन गई चार वर्षीया सिर्जना टमटाको बुधबार राति मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनको नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

यता, पर्सा र रुपन्देहीका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ६ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। पर्सा, पोखरिया नगरपालिका–३ का जादोलाल साह र ऐकवाली साहको खेतमा बुधबार साँझ आगलागी हुँदा उखु र पराल जलेर करिब १ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मा गणेशप्रसाद पन्तको घरमा रहेको ड्याडीस किचन क्याफे एण्ड रेष्टुरेण्टको किचन कोठामा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण लिएको थियो। यी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...