पेट्रोल उत्खननका लागि गृहकार्य गरिरहेका छौ: प्रधानमन्त्री ओली

नयाँ ढंगले उद्योग खोल्नुपर्नेमा जोड

Oli 15

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता परे पेट्रोल उत्खनन गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले पेट्रोल उत्खननका लागि सरकारले गृहकार्य गरिरहेको बताएका हुन् । 

‘खानी उत्खनन गर्छौ, खनिज निकाल्छौं’ उनले भने । खनिज, स्रोत, उर्वर भूमि, वनस्पति, जैविक क्षेत्रमा प्रशस्त संभावना भएकाले हरेक क्षेत्रमा नयाँ ढंगले उद्योग खोल्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई विद्युतीय गाडी कारखाना खोल्न आग्रह गरे। ‘इलेक्ट्रीक भेइकल गाडी फ्याक्ट्री खोल्नुहोस्, सरकारले सहयोग गर्छ’ उनले भने। नयाँ प्रविधि, नयाँ प्रणाली र नयाँ सोचबाट उत्पादन गर्दै देशलाई संमृद्विमा लैजाने ओलीले बताए ।

‘विकासका लागि अनुकुल वातावरण बनेको छ,’उनले भने, ‘छोटो समयमा चमत्कारिक विकास गर्न सक्छौं ।’ सात सय ६१ ओटै सरकार योजनाबद्व सक्रिय भएर निजी क्षेत्रसँग हातेमालो गर्ने उनको भनाइ छ । विदेशी मित्रहरुसँग सहकार्य गरी विकासमा तीवर्ता दिने ओलीले बताए । कृषि, पूर्वाधार, सूचना प्रविधिलगायतका क्षेत्रमा सरकारले दुर्तगतिमा काम अघि बढाउने प्रधानमन्त्रीको भनार्इ छ । 

संघीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच केही अस्पष्ट भएको उनले बताए । करको विषयमा नमिलेका र अस्पष्ट रहेकाले छिट्टै समाधान गर्ने उनको भनाइ छ । 
प्रधानमन्त्री ओलीले सरकार सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा देशको विकास अघि बढाइने बताए । उनले पीपीपी मोडेलमा काम गर्न सरकार आतुर भएको भन्दै निजी क्षेत्रलाई हातेमालो गर्न आग्रह गरे । 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...