सबै स्थानीय तहमा देखायो राप्रपाले आफ्नो शक्ति

धवल शमसेर बसे आफ्नै उपमहानगरमा धर्ना

Kamal thapa 28

काठमाडौं । नेपालको संविधाजनले नेपाललाई धर्म निरपेक्ष बनाएको छ र नेपालको संविधानले राजतन्त्रको परिकल्पनासमेत गरेको छैन । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राज्य र राजतन्त्रका पुनःस्थापनाको माग गर्दै आन्दोलन गर्दै आएको छ ।

स्थानीय तहको निर्वाचन, प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले खासै उपलब्धी हासिल गर्न सकेन । बल्लबल्ल झापामा एउटा सिट जिते पनि थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । तर, राष्ट्रिय पार्टी बन्न नसके पनि आन्दोलन पनि गरिरहेको छ ।

यतिसम्मकी राष्ट्रिय राजनीतिमा थोरबहुत प्रभाव पारे पनि स्थानीय तहहरुमा राप्रपाको खासै प्रभाव छैन । तर, बिहीबार भने देशैभरका स्थानीय तहमा १ घण्टा धर्ना दिएर आफ्नो उपस्थिती जनाएको छ । राप्रपाले शान्तिपूर्ण जनसंघर्ष अन्तर्गतको तेश्रो कार्यक्रमको रुपमा बिहीबार देशका सबै स्थानीय तहमा १ घण्टा धर्ना दिएको हो ।

आफ्ना २२ बुँदे माग पूरा गर्न सरकारलाई दबाब सिर्जना गर्न, मागका पक्षमा जनमत बनाउन तथा स्थानीय तहमा भ्रष्टाचार बढेको र भ्रष्टाचार विकेन्द्रीत हुँदै गएकाले देशैभरका स्थानीय तहमा धर्ना कार्यक्रम घोषणा गरिएको थियो ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापना गर्न सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य, मूल्यवृद्धि नियन्त्रण लगायतका २२ बुँदे माग राखी आन्दोलनरत राप्रपाले यसअघि काठमाडौंमा सिंहदरबार, प्रदेशमा मुख्य मन्त्रीको कार्यालय र जिल्लामा जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम सम्पन्न गरिसकेको छ भने तीन हप्ता अघिदेखि हिन्दु राष्ट्रका लागि हस्ताक्षर अभियान पनि सञ्चालन गरिरहेको छ ।

स्थानीय तहमा धर्ना कार्यक्रम गर्ने क्रममा राप्रपा अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकामा, वरिष्ठ नेता दिपक बोहराले ललितपुर महानगरपालिकामा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले सूर्यविनायक नगरपालिकामा, उपाध्यक्ष प्रेमबहादुर भण्डारीले बाँकेको कोहलपुर नगरपालिकामा, महामन्त्री राजेन्द्र लिङ्देनले झापाको भद्रपुर नगरपालिकामा, महामन्त्री डा. धवल शमशेर राणाले बाँकेकै नेपालगन्ज उपमहानगरपालिकामा, महामन्त्री भाष्कर भद्राले ललितपुरको महालक्ष्मी नगरपालिकामा भएको धर्नाको नेतृत्व गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

राप्रपाद्वारा नेपाल सरकार समक्ष प्रस्तुत २२ बुँदे माग आमजनतालाई जानकारी दिन, मागका पक्षमा जनमत सिर्जना गर्न बैशाख ४ र ५ गते देशव्यापी घरदैलो कार्यक्रम, बैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रम र बैशाख ८ गते राजमार्ग र चोकहरुमा शान्तिपूर्ण सत्याग्रह गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...