पब्जी खेल्न सरकारले लगायो प्रतिबन्ध

Pobji khel

काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । बालबालिकादेखि युवा सम्म यस खेलमा निकै आर्कषित भएको पाइएकोले नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।

पब्जीले बच्चादेखि युवासम्मलाई असर गर्न थालेपछि अभिभावक, शिक्षक,विशेषज्ञहरुले यसलाई नेपालमा पनि प्रतिबन्ध गर्न आवाज उठाउन थालेका छन् ।

पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण मानसिक असन्तुलन र आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।

पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...